मेरो पूरा नाम रिना नेपाली हो

एक भिकारी एक घरमा भिख माग्दै थियो,
भित्र बाट एउटी सानी नानी निक्लिइन्
भिखारी : “भगवानको नाममा केहि देउ बाबा”
नानी :- म बाबा होईन छोरी हुँ …
भिखारी : “भगवानको नाममा केहि देउन नानी ,,
नानी :- “मेरो नाम रिना हो ”
भिखारी : “भगवानको नाममा केहि देउ रिना नानी ”
नानी : “मेरो पूरा नाम रिना नेपाली हो”
भिखारी : “भगवानको नाममा केहि देउ रिना नेपाली नानी ”
नानी : मलाई राजकुमारी भनेर बोलाउनु न ,,
भिखारी : “भगवानको नाममा केहि देउ राजकुमारी रिना नेपाली ” ।
नानी : यो होनी त माग्ने तरिका , माफ गर्नु होला बाबा ज्यु घरमा कोही हुनु हुन्न …

Post a Comment

Previous Post Next Post