लुटेरा बैंक लुट्न जाँदा…

एउटा बैंक लुट्ने क्रममा, लुटेराको हेडले बैंकमा भएका मान्छेहरुलाई चेतावनी दिँदै,
” यो बैंकमा भएको सब पैसा यो देशको हो तर ज्यान भनेको तपाईंहरुको आफ्नै हो । तुरुन्त सब जना भुईमा सुत्नुहोस । ”
सवजना भटाभटा भुईमा सुत्छन ।
यसलाई भनिन्छ “विचार बदल्ने तरिका”
लुटेरा मध्य एक जनाले MBA गरेको थ्यो, उस्ले पैसा गन्न आदेश दियो ।
लुटेराको हेडले भन्यो, “वेवकुफ, त्यो गन्न पर्दैन भरे T.V मा हेरेर थाहा भाई हाल्छ नि ”
यस्लाई भनिन्छ “अनुभव”
बैंकको सहाएक म्यानेजरले प्रहरिकोमा उजुरी दर्ता गर्न जाँउ छिटो भन्यो ।
म्यानेजरले भन्यो, “लकरबाट थप १० लाख निकाल, हामीले घोटाला गरेको ५० लाख जोड्, अनि लुटिएको २० लाख जोडेर जम्मा ८० लाख लुटियो भनेर उजुरी हाल्दे । हे भगवान महिनै पिच्छे यसरी नै बैंक लुटिय हुन्थ्यो ”
यसलाई भनिन्छ “मौकामा चौका”
T.V मा समाचार आयो, ” बैंकमा लुटेरा द्वारा ८० लाख लुटियो ”
लुटेराहरुले दुई – तीन पल्ट पैसा गने तर त्यहाँ २० लाख मात्र थ्यो ।
तब लुटेराको हेडलाई दिमाग मा आयो, “यत्रो दु:खा गरेर हामी बैंक लुट्दा जम्मा २० लाख हात पर्‍यो जबकी बैंक म्यानेजर ले बैंक मै बसि-बसी ६० लाख हात पार्यो । आखिर म्यानेजर भनेको म्यानेजर नै रैछ ।”
यसलाई भनिन्छ ” उचित व्यवस्थापन”

Post a Comment

Previous Post Next Post