यहाँ झगडा हुने वाला छ

सेरे जुस पसलेसँग: ओ भाई, छिटो जुस देउत, यहाँ झगडा हुने वाला छ।
जुस वालाले सेरेलाई १ ग्लास जुस दिन्छ अनी सेरेले पनि जुस स्वाट्टै पार्छ।
फेरी सेरे, ” भाई फेरी १ ग्लास जुस देउत, यहाँ झगडा हुने वाला छ के….”
जुस पसलेले फेरी सेरेलाई १ ग्लास जुस दिन्छ
अनी सेरेले सेरेले त्यो जुस पनि स्वाट्टै पार्छ।
यसरी सेरेले ४-५ ग्लास जुस पिउछ अनी
जुस पसलेले रिसाउदै सोध्छ : हैन दाई तपाईं अघी देखी झगडा हुने वाला छ भन्नुहुँदै छ तर खै कहिले हुन्छ नि??
सेरे : तिमीले जुस को पैसा मागेपछी …

Post a Comment

Previous Post Next Post