Best Nepali Jokes : नेपाली जोक्स" Part2

केटीहरु बिहे भर जाँदा किन रुन्छन ?

केटा केटीलाई सोध्दै : तिमी केटीहरु बिहे भएर जाँदा किन रुन्छौ ?
केटी : अनि के त …. आफ्नो घर बाट लगेर तलाई अर्काको घरमा भाडा माझ्न, लुगा धुन, घर सफा गर्न लगायो भने…. त के नाच्छस ?
****************************************************************

माग्ने तरिका

( एक भिकारी एक घरमा भिख माग्दै थियो,
भित्र बाट एउटी सानी नानी निक्लिइन् )
भिखारी : “भगवानको नाममा केहि देउ बाबा”
नानी :- म बाबा होईन छोरी हुँ …
भिखारी : “भगवानको नाममा केहि देउ नानी ,,
नानी :- “मेरो नाम रिना हो ”
भिखारी : “भगवानको नाममा केहि देउ रिना नानी ”
नानी : “मेरो पूरा नाम रिना नेपाली हो”
भिखारी : “भगवानको नाममा केहि देउ रिना नेपाली नानी ”
नानी : मलाई राजकुमारी भनेर बोलाउनु न ,,
भिखारी : “भगवानको नाममा केहि देउ राजकुमारी रिना नेपाली ” ।
नानी : यो होनी त माग्ने तरिका , माफ गर्नु होला बाबा ज्यु घरमा कोही हुनु हुन्न …
****************************************************************************


हाकुको गर्लफ्रेन्डसँग कुराकानी

हाकु कालेले केटीलाई फोन गर्छः
हाकुः हाई डार्लिङ् !
केटीः हेलो डियर !
हाकुः के छ मैंया.. मलाई टिम्रो निकै याड आइरा’छ नि..
केटीः लौ, अघि भर्खर मात्रै कुरा गरेको हैन भन्या फोनमा त्यत्रो बेरसम्म !!
हाकुः म्यामपाका….. फेरि टिम्लाई नै परेछ !!
************************************************************************************
शेरेले College मा एउटि केटिलाई सोध्यो
“तिमि कहिल्यै नुवाउदिनौ कि क्या हो ?”
.
.
केटि : “म सधै नुहाउछु है, तर तिमिले किन सोधेको ?”
..
.
.
. .
.
.
.
.
.
शेरे : (मुस्कुराउदै) “कहिले पनि तिमीले नुहाएको देखेको छैन त्यै भएर सोधेको”
******************************************************************

१ केजि साग

मुन्द्रे सब्जी किन्न बजारतिर गएछ।
सब्जिवाला सागमा पानि छम्किदै थियो। मुन्द्रेले पर्खेछ ।
तर जब निक्कै बेर भयो मुन्द्रेले सब्जिवाला लाई भनेछ : साहुजि… त्यो सागलाइ होस आयो भने १ केजि जोख्दिनुस न मलाइ अलिक हत्तार छ क्या !!!
******************************************************************

कस्तो कोर्स हो छोरी “BBA” भन्या ?

बाबु :- छोरी तिमीले १२ सकेपछी के गर्ने प्लान गरेकी छौ त ?
छोरी :- म “BBA” गर्छु बुवा ।
बाबु :- कस्तो कोर्स हो छोरी “BBA” भन्या ?
छोरी :- “Boyfriend को Bike मा Aish”
बाउ ठाउँको ठाउँमा बेहोस ।
******************************************************************

सेरेको फासी दिनुभन्दा अगाडिको ईच्छा

ईन्स्पेक्टर सेरेसँग: तलाई फासी दिनुभन्दा अगाडि तेरो कुनै ईच्छा छ????
.
.
.
.
.
.
.
.
.
.
सेरे: हजुर सर, मलाई टाउको तल खुट्टा माथि गरेर फासी दिनुहोला …..
******************************************************************

शेरेको Leave Application

हेल्लो सर्,
When I come come
पानी पर्‍यो झम झम्
Leg मेरो चिप्ल्यो,
I लडिङ ठाम को ठाम्,
झर्यो My Bag,
Book भिज्यो कसम्,
तेसैले Today ,
I will Not Come …
Yours फाल्तु विद्यार्थी
शेरे

Post a Comment

Previous Post Next Post